Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • बंगलादेशी पूर्वप्रधानमन्त्री हसिनाको कूटनीतिक राहदानी खारेज

    बंगलादेशी पूर्वप्रधानमन्त्री हसिनाको कूटनीतिक राहदानी खारेज

    अनलाइन नेपाल
  • शुक्रबार, ७ भाद्र २०८१
  • 1.1K
    SHARES

    एजेन्सी । बंगलादेशको अन्तरिम सरकारले अपदस्थ प्रधानमन्त्री शेख हसिनाको कूटनीतिक राहदानी रद्द गरेको छ । ​

    हसिनासहित पूर्वमन्त्री र पूर्वसांसदको राहदानी रद्दको प्रक्रिया अघि बढाइएको हो ।



    ‘पूर्वप्रधानमन्त्री, उनका सल्लाहकार, पूर्वमन्त्रिपरिषद र विघटन भएको संसद्का सबै सदस्य आफ्नो पदका आधारमा कूटनीतिक राहदानीका लागि योग्य थिए’, गृह मन्त्रालयले विज्ञप्तिमा भनेको छ, ‘यदि उनीहरूलाई पदबाट हटाइएको छ भने उनीहरू र उनीहरूको पतिरपत्नीको कूटनीतिक राहदानी रद्द गरिनुपर्छ।’



    हसिना र उनको कार्यकालमा अन्य पूर्व शीर्ष अधिकारीहरूले मानक राहदानीका लागि आवेदन दिनसक्ने तर ती कागजातहरू स्वीकृतिमा निर्भर रहने ढाकाका नयाँ अधिकारीहरूले बताएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार