Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • बैतडीमा मिनी ट्रक दुर्घटना : एक जनाको मृत्यु, दुई घाइते

    बैतडीमा मिनी ट्रक दुर्घटना : एक जनाको मृत्यु, दुई घाइते

    अनलाइन नेपाल
  • बिहिबार, ६ भाद्र २०८१
  • 348
    SHARES

    फाइल तस्विर

    बैतडी । बैतडीमा आज बेलुका मिनी ट्रक दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

    कञ्चनपुरकमे शुक्लाफाँटा नगरपालिका–५ झलारी घर भएका मिनी ट्रक साहु जगदीश अवस्थीको घटनास्थलमा नै मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।



    धनगढीबाट बैतडीको दोगडाकेदार गाउँपालिका कफलकोट गइरहेको सुपप्र ०२ ००१ ख ०७३४ नम्बरको मिनी ट्रक कफलकोट नजिकै आज साँझ ७ बजे दुर्घटनामा भएको हो ।



    ट्रक चालक अम्मर अवस्थी र सहचालक राजेन्द्र राना दुर्घटनामा परेर घाइते भएका छन् । उनीहरुको उपचारको लागि जिल्ला अस्पतालमा लगिएको छ ।

    सरिया र सिमेन्ट बोकेको मिनी ट्रक अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त मिनी ट्रक सडकबाट ६० मिटर तल खसेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार