Online Nepal
  • शुक्रबार, ११ असोज २०८१
  • २४ घण्टापछि एकातर्फी खुल्यो पृथ्वी राजमार्ग

    २४ घण्टापछि एकातर्फी खुल्यो पृथ्वी राजमार्ग

    अनलाइन नेपाल
  • बिहिबार, ६ भाद्र २०८१
  • 735
    SHARES

    फाइल तस्विर

    तनहुँ । तनहुँमा खसेको पहिरोका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्ग २४ घण्टापछि एकतर्फी खुलेको छ ।

    तनहुँको घाँसीकुवास्थित राजमार्गमा खसेको ठूलो पहिरोको केही भाग हटाएर बिहीवार साँझ ६ बजेदेखि एकतर्फी सडक खुलाइएको हो ।



    तनहुँ प्रहरीका अनुसार यही भदौ ४ गतेदेखिको अविरल वर्षाका कारण पृथ्वी राजमार्गको घाँसीकुवामा बुधवार पहिरो खसेको थियो ।



    प्रशासन र सुरक्षाकर्मीसहितको टोलीले पहिरो हटाउने काम जारी राखेका थिए । २४ घण्टामा एकतर्फी सडक खुलाउन सफल भएका हुन् ।

    राजमार्ग दुईतर्फी खुलाउन तीन–चारवटा डोजर र टिपर प्रयोग गरेर पहिरो पन्छाउने क्रम जारी रहेको प्रहरीको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार