Online Nepal
  • बुधबार, २४ पुष २०८१
  • प्रधानमन्त्री ओलीले भने – डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउँछौं

    प्रधानमन्त्री ओलीले भने – डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउँछौं

    अनलाइन नेपाल
  • बिहिबार, ६ भाद्र २०८१
  • 402
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डेडिकेटेड र ट्रंक लाइनको सबै बक्यौता उठाउने बताएका छन्।

    प्रतिनिधिसभामा भएको प्रश्नोत्तर कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले विद्युत प्राधिकरणको डेडिकेटेड र ट्रंक लाइनका बक्यौता एक रुपैयाँ पनि नछाडेर उठाउने बताएका हुन् ।



    प्रधानमन्त्री ओलीले भने, ‘बक्यौता उठाइन्छ, छोडिँदैन, तर उद्योग बन्द गरेर होइन, चलाएर उठाइन्छ। विगतमा किन समयमा महसुल उठाइएन, किन लाइन काटियो र किन फेरि लाइन जोडियो भन्ने प्रश्न सम्बन्धित निकायसँग जोडिन्छ। यसमा सरकार स्पष्ट छ, लाइन बन्द नगरी बक्यौता उठाइनेछ।’



    महसुल नतेरेकै कारण विद्युत काट्दा व्यापार व्यवसायमा असर पर्ने हुनाले मात्र सरकारले जिम्मेवारीपूर्वक लाइन जोड्न सुझाएको उनले बताए ।

    उनले सरकार र प्राधिकरणबीच कुनै मतभेद नभएको पनि बताए। प्रधानमन्त्री ओलीले यस विषयमा अहिले सामाजिक सञ्जाल र कतिपय मिडियामा आधारहीन प्रचार भइरहेको बताए ।

    विद्युत प्राधिकरणले महसुल उठाउन खोजेको र सरकारले मिनाहा गरेको भन्दै झुटो प्रचार गर्ने अभियान चलेको प्रधानमन्त्री ओलीको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार