Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • चितवनमा भोलि ‘ब्राईट स्टार’ सांगीतिक साँझ हुने

    चितवनमा भोलि ‘ब्राईट स्टार’ सांगीतिक साँझ हुने

    अनलाइन नेपाल
  • बिहिबार, ६ भाद्र २०८१
  • 174
    SHARES

    चितवन । चितवनको भरतपुरमा भदौ ७ गते साङ्गीतिक साँझ हुने भएको छ ।

    ब्राईट स्टार सांगीतिक साँझ भोलि चितवनको होटेल सिराईचुलीमा हुन् लागेको हो ।



    ब्राईट स्टार समाज नेपालमा आश्रित बालबालिकाहरूको सहयोगार्थ भोलि साँझ ७ बजेबाट होटेल सिराईचुलीमा म्यूजिकल ईभेन्ट्स आयोजना गरिएको छ ।



    लामो समयदेखि चितवनमा सामाजिक कार्य तथा साङ्गीतिक कार्यक्रम गर्दै आएका सुरेश जोशीको विशेष पहलमा ब्राईट स्टार साङ्गीतिक साँझ गरिन लागेको हो ।

    कार्यक्रममा गायिका विन्दु परियार र रेस्मा पुनसँगै गायक अलिफ खानले साङ्गीतिक साँझमा विशेष प्रस्तुति दिने छन् । स्थानिय गायक राजीव डङ्गोलले समेत कार्यक्रममा प्रस्तुति दिनेछन् ।

    कार्यक्रममा डान्सर सन्ध्या सानुले समेत विशेष प्रस्तुति दिने कार्यक्रम संयोजक जोशीले बताए । कार्यक्रममा प्रवेशका लागि १ हजार रुपैयाँको टिकट तोकिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार