Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • प्रहरी समायोजनको प्रक्रिया अघि बढिसक्यो : गृहमन्त्री लेखक

    प्रहरी समायोजनको प्रक्रिया अघि बढिसक्यो : गृहमन्त्री लेखक

    अनलाइन नेपाल
  • बिहिबार, ६ भाद्र २०८१
  • 822
    SHARES

    धनुषा। गृहमन्त्री रमेश लेखकले प्रहरी समायोजन प्रक्रिया अघि बढिसकेको बताएका छन्।

    आज बिहान जनकपुर विमानस्थल पुगेका गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।



    नेपाल प्रहरी ऐन २०१२ मा आवश्यक संशोधन गर्ने, परिमार्जन गर्ने र कानुन नै नयाँ बनाउने गरी गृहमन्त्रालयबाट प्रक्रिया अघि बढाइएको गृहमन्त्री लेखकको भनाई छ ।



    मन्त्रालयबाट निर्णय गरेर अगाडि बढाइसकेको गृहमन्त्री लेखकले दाबी गरे । विभिन्न मन्त्रालयहरुको सहमति पछि प्रहरी समायोजन प्रक्रिया संसदमा जाने उनले बताए।

    प्रहरी सम्बन्धी संघका ऐनहरुमा संशोधन गरेर प्रहरी समायोजन र प्रदेश प्रहरी गठन हुने गृहमन्त्री लेखकले बताए ।

    प्रहरी समायोजन प्रक्रियाले चाँडै अन्तिम रुप पाउने बताउँदै उनले मधेश प्रदेशको आफ्नै प्रहरी बल स्थापित हुने कुरामा विश्वस्त हुन आग्रह गरे ।

    त्यस्तै, गृहमन्त्री लेखकले वर्तमान सरकारले मुलुकमा शान्ति, सुव्यवस्था र विधिको शासन कायम गर्ने बताए। उनले सुशासन, दिगो शान्ति, विकास र समृद्धि प्राप्त गर्ने कुरामा सरकार अघि बढिरहेको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार