Online Nepal
  • बिहिबार, १७ असोज २०८१
  • भैँसीले हान्दा बाघ मर्‍यो

    भैँसीले हान्दा बाघ मर्‍यो

    अनलाइन नेपाल
  • बिहिबार, ६ भाद्र २०८१
  • 5.9K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । मकवानपुरको मनहरीमा भैँसीले बाघ मारेको छ ।

    बिहीबार बिहान सवा ३ बजे मनहरी गाउँपालिका ६ प्रतापपुरस्थित बलबहादुर राईको गोठमा बाघ मृत भेटिएको हो ।



    बाघले आक्रमण गरी गोठमा रहेको भैँसीलाई पनि घाइते बनाएको छ । घटनाको प्रकृति हेर्दा बाघ बुढो रहेको र भैँसीले हान्दा मृत्यु भएको जस्तो देखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।



    मरेको बाघ चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ सेक्टर सौराहा ब्यारेकबाट खटिएको नेपाली सेनाको टोलीले लिएर गएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार