Online Nepal
  • आइतबार, १३ असोज २०८१
  • सिमामा डीआईजी केसीको नजर, तस्करी नियन्त्रणमा कडाइ गर्न निर्देशन

    सिमामा डीआईजी केसीको नजर, तस्करी नियन्त्रणमा कडाइ गर्न निर्देशन

    अनलाइन नेपाल
  • बुधबार, ५ भाद्र २०८१
  • 1.4K
    SHARES

    धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक (डीआईजी) रबिन्द्र केसीले कञ्चनपुर जिल्लाका विभिन्न इलाका प्रहरी कार्यालयहरूको आकस्मिक अनुगमन गरेका छन् ।

    डीआईजी केसीले बुधबार इलाका प्रहरी कार्यालय त्रिभुवनवस्ती, बेलौरी तथा अस्थायी ट्राफिक प्रहरी पोष्टहरूमा पुगेर अनुगमन गरेका हुन् । अनुगमनका क्रममा डीआईजी केसीले प्रहरी अधिकृत तथा जवानहरूलाई आवश्यक निर्देशन दिए ।



    साथै उनले विपद् व्यवस्थापन तथा उद्धारका लागि सदैव तत्पर रहन र भन्सार छली तथा लागू औषध नियन्त्रणमा कडाई गर्न निर्देशन दिए । उनले तस्करहरूसँगको मिलेमतो रोक्न, सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन, गैरव्यावसायिक आर्थिक लाभ तथा लालचमा नपर्न सुझाव दिए ।



    यस्तै उनले नागरिकमैत्री सेवा प्रदान गर्न, अल्पसंख्यक तथा सीमान्तकृत समुदायको प्रहरी सेवामा सहज पहुँच सुनिश्चित गर्न, र स्थानीय तह तथा जनसमुदायहरूसँग समन्वय गरेर भरपर्दो शान्ति सुरक्षाको वातावरण कायम गर्न जोड दिएका छन् ।

    अनुगमनका क्रममा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भरत बहादुर चौधरी, त्रिभुवनवस्ती इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक हेमराज भट्ट, बेलौरी इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक गौरी प्रसाद जैसी लगायत ४५ जना प्रहरी कर्मचारीको उपस्थिति रहेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार