Online Nepal
  • शुक्रबार, ११ असोज २०८१
  • पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्ण रूपमा बन्द

    पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्ण रूपमा बन्द

    अनलाइन नेपाल
  • बुधबार, ५ भाद्र २०८१
  • 777
    SHARES

    तनहुँ । तनहुँको घाँसीकुवामा बुधबार साँझ पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्ण रूपमा बन्द भएको छ ।

    प्रहरीका अनुसार घाँसीकुवामा करिब १५० मिटर माथिबाट ढिस्को खस्दा राजमार्ग बन्द भएको हो ।



    अहिले पनि पहिरो खसिराखेको हुँदा तत्काल पन्छाउन सकिने अवस्था नभएको बताइएको छ । भोलि बिहानबाट मात्र पहिरो पन्छाउने तयारी गरिएको छ ।



    पहिरो खसेसँगै पृथ्वी राजमार्गमा चल्ने सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार