Online Nepal
  • आइतबार, १३ असोज २०८१
  • फेक अडियो प्रकरण : फरार अभियुक्त राजकुमार पक्राउ

    फेक अडियो प्रकरण : फरार अभियुक्त राजकुमार पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ५ भाद्र २०८१
  • 801
    SHARES

    काठमाडौं । प्रहरीले फेक अडियो प्रकरणका फरार अभियुक्त राजकुमार तिमल्सिनालाई पक्राउ गरेको छ । स्रोतका अनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तिमल्सिनालाई बुधबार साँझ पक्राउ गरेको हो ।

    तिमल्सिनाले नै तयार गरेको फेक अडियो ‘स्टिङ अपरेसन’को नाममा ‘सीधा कुरा’अनलाइनमार्फत् सार्वजनिक भएको दाबी छ । उक्त अडियो प्रहरीको साइबर ब्युरोले झुटो भएको प्रमाणित गरेको थियो ।



    ‘डार्क फाइल’ नाम दिएर अडियो सार्वजनिक भएपछि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले २०८१ असार १३ गते विद्युतीय कारोबार ऐन र अपमानजनक कसुरविरुद्धको अपराध गरेको कसुरमा तिमल्सिनासहित तीन जनालाई प्रतिवादी बनाएर जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको थियो ।



    त्यसमध्ये तिमल्सिनासहित फेक अडियो सार्वजनिक गर्ने अनलाइन ‘सीधाकुरा’का प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगाना फरार छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार