Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • परराष्ट्रमन्त्री आरजु र भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

    परराष्ट्रमन्त्री आरजु र भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

    अनलाइन नेपाल
  • बुधबार, ५ भाद्र २०८१
  • 390
    SHARES

    काठमाडौं । भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवा र भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ ।

    उनीहरुबीच नयाँ दिल्लीको साकेतस्थित शेराटन होटलमा बुधबार भेटवार्ता भएको हो ।



    भेटघाटमा चौथाइवालेले परराष्ट्रमन्त्री नियुक्त भएकोमा राणालाई बधाई दिएका थिए ।



    उनीहरूबीच नेपाल–भारत सम्बन्धबारे पनि कुरा भएको जनाइएको छ ।

    गत आइतबार भारत गएकी उनी बिहीबार स्वदेश फर्कँदै छिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार