Online Nepal
  • शुक्रबार, ११ असोज २०८१
  • मन्त्रालयमा अड्किएका फाइल २४ घन्टाभित्र अघि बढाउन पर्यटनमन्त्री पाण्डेको निर्देशन

    मन्त्रालयमा अड्किएका फाइल २४ घन्टाभित्र अघि बढाउन पर्यटनमन्त्री पाण्डेको निर्देशन

    अनलाइन नेपाल
  • बुधबार, ५ भाद्र २०८१
  • 249
    SHARES

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मन्त्रालयमा अड्किएका फाइलहरु २४ घण्टाभित्र अगाडी बढाउन निर्देशन दिएका छन् ।

    संस्कृति महाशाखा अन्तर्गतका निकायका पदाधिकारीसँगको छलफलमा पर्यटनमन्त्री पाण्डेले यस्तो निर्देशन दिएका हुन्।



    पर्यटनमन्त्री पाण्डेले मन्त्रालय मातहत निकायले आफ्ना काम चुस्त र परिणाममुखी बनाउन निर्देशन दिए ।



    पर्यटनमन्त्री पाण्डेले भने,‘मन्त्रालयमा कुन फाइल कहाँ अड्किएको छ त्यसको २४ घण्टाभित्र छिनोफोनो गर्नुस् ।’

    उनले असोजभित्र प्रत्येक निकायले कार्य प्रगति विवरण पेस गर्न कर्मचारीलाई निर्देशन पनि दिए ।

    पर्यटनमन्त्री पाण्डेले कामको प्राथमिकता निर्धारण गरी सोही अनुसार अघि बढ्न निर्देशन दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार