दाङ । दाङको तुलसीपुरमा इनार सफा गर्ने क्रममा दुई जनाको निसासिएर मृत्यु भएको छ।
मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका १३ का मुकेश विक र सोही ठाउँका यामबहादुर नेपाली रहेका छन्।
उनीहरु बुधबार बिहान साढे १० बजेतिर दमारगाउँकै दुर्गा विकको इनार सफा गर्न भन्दै भित्र प्रवेश गरेका थिए।
उनीहरू इनारबाट निस्कन नसकेको र भित्र फसेको भन्ने सूचना पाउनासाथ प्रहरी पोष्ट दमारगाउँ, इलाका प्रहरी कार्यालय तुलसीपुर र नेपाली सेनाको अम्बापुर बेस क्याम्पको टोलीले उद्धार गरेको थियो।
उनीहरूको उद्धारपछि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा ल्याइएको थियो।
त्यहाँ पुर्याउनासाथ दुवै जनालाई बिहान ११ बजेतिर चिकित्सकले मृत घोषणा गरेका थिए।
Leave a Reply