Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • आज पोल्याण्ड र युक्रेन भ्रमणका लागि जाँदै भारतीय प्रधानमन्त्री मोदी

    आज पोल्याण्ड र युक्रेन भ्रमणका लागि जाँदै भारतीय प्रधानमन्त्री मोदी

    अनलाइन नेपाल
  • बुधबार, ५ भाद्र २०८१
  • 342
    SHARES

    एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज पोल्याण्ड र युक्रेन भ्रमणका लागि जाने भएका छन् । उनले अगस्ट २१ देखि २३ सम्म पोल्याण्ड र युक्रेनको भ्रमण गर्न लागेका हुन् ।

    प्रधानमन्त्री मोदी २३ अगस्टमा युक्रेन जानेछन् । भारतीय प्रधानमन्त्रीले युक्रेन भ्रमण गर्न लागेको यो ३० वर्षमा पहिलो पटक हो। प्रधानमन्त्री मोदीको यो भ्रमण यस्तो समयमा भइरहेको छ जब युक्रेनले हालै रुसी सीमामा प्रवेश गरी आक्रमणलाई तीव्र बनाएको छ।



    भारतीय प्रधानमन्त्रीले युक्रेन भ्रमण गर्न लागेको यो ३० वर्षमा पहिलो पटक हो। प्रधानमन्त्री मोदीको यो भ्रमण यस्तो समयमा भइरहेको छ जब युक्रेनले हालै रुसी सीमामा प्रवेश गरी आक्रमणलाई तीव्र बनाएको छ।



    मोदीको भ्रमणलाई लिएर पोल्याण्डबाट पनि प्रतिक्रिया आएको छ । युरोपेली संसदका सदस्य डारियस जोन्स्कीले प्रधानमन्त्री मोदीको पोल्याण्ड भ्रमण राजनीति र व्यापारको दृष्टिकोणले हाम्रा लागि महत्वपूर्ण रहेको बताएका छन् ।

    भारतीय विदेश मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री मोदी अगस्ट २१ देखि २३ सम्म पोल्याण्ड र युक्रेनको औपचारिक भ्रमणमा जाने जानकारी दिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार