Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • दुईवटा इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र खारेज

    दुईवटा इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र खारेज

    अनलाइन नेपाल
  • बुधबार, ५ भाद्र २०८१
  • 915
    SHARES

    काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले दुईवटा इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको छ ।

    अनुमतिपत्र नवीकरण गर्न तोकिएको समयावधि भित्र निवेदन पेश नगरेपछि दुईवटा सेवा प्रदायकको इजाजतपत्र स्वतः रद्ध भएको हो ।



    वीरगञ्ज महानगरपालिका-८ पर्साको पर्सा टेलिकम्युनिकेसन प्रालि र हात्तीसार काठमाडौंको इन्फोकम प्रालिको लाइसेन्स खारेज भएको प्राधिकरणले जनाएको छ ।



    साउनको अन्तिम साता दुबै कम्पनीको अनुमतिपत्र खारेजी भएको बताइएको छ ।

    खारेजीमा परेको पर्सा टेलिकम्युनिकेसन प्रालिले २२ साउन २०७६मा नेटवर्क सेवा प्रदायकको अनुमतिपत्र पाएको थियो । इन्फोकम प्रालिले १५ असार २०६५मा अनुमति पत्र लिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार