Online Nepal
  • मंगलबार, ८ असोज २०८१
  • शिक्षा र स्वास्थ्य महंगो भयो, सरकारको ध्यान जाओस् : शेखर कोइराला

    शिक्षा र स्वास्थ्य महंगो भयो, सरकारको ध्यान जाओस् : शेखर कोइराला

    अनलाइन नेपाल
  • मंगलबार, ४ भाद्र २०८१
  • 168
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालको शिक्षा महंगो भएको बताएका छन् । 

    मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले संविधानमा सहजै शिक्षा र स्वास्थ्य निःशुल्क लेखे पनि कार्यान्वयन गर्न नसकेको उल्लेख गरे । 



    उनले शिक्षा र स्वास्थ्य हुने खानेले मात्रै गर्ने हो भन्ने हिसावले अघि बढिरहेको भन्दै दुःख व्यक्त गरे ।



    शिक्षा र स्वास्थ्यको महंगी हटाउनुपर्ने बताए । सरकारी विद्यालयमा समेत अध्ययन गर्न नसक्ने अवस्था आइसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार