Online Nepal
  • आइतबार, ६ असोज २०८१
  • अनुदान लगेर काम नगर्नेहरूको सूची सार्वजनिक गर्ने कृषिमन्त्रीको घोषणा

    अनुदान लगेर काम नगर्नेहरूको सूची सार्वजनिक गर्ने कृषिमन्त्रीको घोषणा

    अनलाइन नेपाल
  • मंगलबार, ४ भाद्र २०८१
  • 288
    SHARES

    काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले अनुदान लगेर काम नगर्नेहरूको सूचि सार्वजनिक गर्ने बताएका छन् ।

    काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै कृषिमन्त्री अधिकारीले मन्त्रालयबाट ठूलो मात्रामा अनुदान लगेर काम नगर्नेहरूको सूचि सार्वजनिक गर्ने बताएका हुन्।



    उनले ठूलो परिमाणमा अनुदान लग्नेहरूको कुनै काम नदेखिएको बताए ।



    कृषिमन्त्री अधिकारीले भने, ‘कृषि मन्त्रालयले पछिल्लो २/५ वर्षको बीचमा अरबौं रुपैयाँ अनुदान दिएको रहेछ । २०/२५ लाखको कुरा होइन, ठूला अनुदान लिनेको जरोकिलो केही पनि छैन। यो खोजी गरेर सार्वजनिक गर्नुपर्छ भनेर मन्त्रालयलाई अह्राएको छु । यदि दिंदैन भने कसले दिंदैन ? म कहाँ ल्याउ भनेको छु । केही दिनमा यो पनि सार्वजनिक हुन्छ ।’

    कृषिमन्त्री अधिकारीले दुग्ध विकास संस्थानले जनतासँग उधारोमा दूध किनेर पैसा नतिर्न सुहाउँछ भन्दै प्रश्न गरे ।

    कृषिमन्त्रीको पद बहाली भएपछि २५ करोड रुपैयाँ दूध किसानको हातमा गइसकेको बताउँदै डेढ अरब रुपैयाँ किसानलाई तिर्न बाँकी रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार