Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • हत्या आरोपमा एकै घरका तीनजना पक्राउ

    हत्या आरोपमा एकै घरका तीनजना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ४ भाद्र २०८१
  • 1.1K
    SHARES

    फाइल तस्विर

    रुकुम–पश्चिम । रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका–४ स्थित दम्दुका एक पुरुषको हत्या आरोपमा एकै घरका तीनजना पक्राउ परेका छन् ।

    अन्दाजी ४३ वर्षीय दिलबहादुर बुढाको हत्या गरेको आरोपमा सोही वडाको कलटाकुरा बस्ने एकै घरका तीन जना पक्राउ परेका हुन् ।



    पक्राउ पर्नेमा ६१ वर्षीय मोहवीर खत्री, उनका कान्छो छोरा २६ वर्षीय सन्तोष केसी र सन्तोषकी श्रीमती २४ वर्षीया मिनाकुमारी बुढाथोकी केसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक बखतबहादुर शाहीले जानकारी दिए ।



    उनका अनुसार बुढाको आइतबार राति १० बजेतिर मृत्यु भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार