Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • गाईजात्रा विकृति र विसङ्गति उजागर गर्ने पर्व : सभामुख घिमिरे

    गाईजात्रा विकृति र विसङ्गति उजागर गर्ने पर्व : सभामुख घिमिरे

    अनलाइन नेपाल
  • मंगलबार, ४ भाद्र २०८१
  • 279
    SHARES

    काठमाडौँ । सभामुख देवराज घिमिरेले गाईजात्रा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गर्ने पर्व भएको बताएका छन् ।

    गाईजात्राका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रहसनका माध्यमबाट सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन गर्ने चलन रहेको बताए ।



    उनले गाईजात्राले नेपालीमा नयाँ उत्साह, उमङ्ग र हौसलासँगै विकास र समृद्धिको लक्ष्य हासिल गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे ।



    ‘नेपाल बहुजातीय, बहुधार्मिक बहुसांस्कृतिक मुलुक हो । हाम्रा धार्मिक, सांस्कृतिक एवं परम्परामा आधारित चाडबाडले सामाजिक एकतासँगै समाजलाई अनुशासित र लोककल्याणकारी बनाउन ठूलो योगदान दिएका छन् । धर्म, संस्कार, संस्कृति, सामाजिक मूल्य र मान्यताका कारण नेपाललाई विश्वमै सांस्कृतिक वैभवशाली मुलुक मान्ने गरिएको छ’, शुभकामना सन्देशमा उल्लेख छ।

    गाईजात्रा जस्ता चाडपर्वले सामाजिक, धार्मिक एवं सांस्कृतिक मूल्य र मान्यतालाई साझा राष्ट्रिय सम्पत्तिका रूपमा स्वीकार गर्नसक्ने भावनाको विकास गर्न सक्नुपर्नेमा उनले जोड दिएका छन् ।

    गाईजात्रा नेवार संस्कृतिबाट प्रारम्भ भएकाले काठमाडौँ उपत्यका तथा देशविदेशमा नेवारहरूको बसोबास भएका सहरमा विशेष महत्वका साथ मनाइन्छ । नेवार समुदायमा वर्षदिनभित्र दिवङ्गत पितृको सम्मान तथा मुक्तिका लागि गाईजात्रा मनाउने प्रचलन छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार