Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • आरजुसँग भेट गरेपछि भारतीय प्रधानमन्त्री मोदीले भने – स्वागत गर्न पाउँदा खुशी लाग्यो

    आरजुसँग भेट गरेपछि भारतीय प्रधानमन्त्री मोदीले भने – स्वागत गर्न पाउँदा खुशी लाग्यो

    अनलाइन नेपाल
  • सोमबार, ३ भाद्र २०८१
  • 714
    SHARES

    काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालकी परराष्ट्रमन्त्री आरजु राणा देउवासँगलाई स्वागत गर्न पाउँदा आफूलाई खुशी लागेको पतिक्रिया दिएका छन् ।

    सोमबार बेलुकी परराष्ट्रमन्त्री राणासँगको भेटपछि प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समा ट्वीटमार्फत यस्तो पतिक्रिया दिएका हुन् ।



    उनले लेखेका छन्,‘नेपालकी परराष्ट्रमन्त्री आरजु राणालाई स्वागत गर्न पाउँदा खुसी लाग्यो ।’



    मोदीले भारत र नेपालबीच घनिष्ठ सभ्यताको सम्बन्ध र प्रगतिशील तथा बहुआयामिक साझेदारी रहेको बताए । उनले दुई मुलुकको विकास साझेदारीमा निरन्तर गतिको लागि तत्पर रहेको पनि उल्लेख गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार