Online Nepal
  • शुक्रबार, ११ असोज २०८१
  • युक्रेनी सेनाले बनायो कुर्स्क क्षेत्रको तेस्रो पुल ध्वस्त

    युक्रेनी सेनाले बनायो कुर्स्क क्षेत्रको तेस्रो पुल ध्वस्त

    अनलाइन नेपाल
  • सोमबार, ३ भाद्र २०८१
  • 735
    SHARES

    एजेनसी । पछिल्लो समय युक्रेनी फौज रुसी क्षेत्रमा शसक्त रुपमा अघि बढिरहेको छ ।

    रुसभित्र आफ्नो पकड बलियो बनाउने प्रयासस्वरुप युक्रेनी सेनाले कुर्स्क क्षेत्रमा रहेको सेइम नदीको पुल ध्वस्त पारेको छ ।



    दुई देशका फौजबीच कुर्स्क क्षेत्रमा भीषण लडाइँ जारी छ । त्यसक्रममा युक्रेनी फौजले रणनीतिक महत्वको तेस्रो रुसी पुल ध्वस्त पारिदिएको छ । कुर्स्क क्षेत्रको कर्याज्ह गाउँमा सेम नदीमाथि बनाइएको पुल सोमबार ध्वस्त भएको बताइएको छ ।



    त्यसअघि युक्रेनले सेम नदीमाथिका दुईवटा पुल ध्वस्त पारिदिएको थियो । ती पुल रुसी फौजले सरसामान आपूर्ति गर्न प्रयोग गर्दै आएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार