काठमाडौं । अभिनेत्री अरुणिमा लम्सालले कांग्रेस नेता युवराज श्रेष्ठसँग विवाह गरेकी छन् ।
सोमबार काठमाडौंको बत्तीसपुतलीस्थित राम मन्दिरमा लम्सालले श्रेष्ठसँग लगनगाँठो कसेकी हुन्।
श्रेष्ठ बराहक्षेत्र नगरपालिका, चतरा सुनसरीका स्थानीय कांग्रेस नेता हुन् । उनी बराहक्षेत्र नगर कमिटीका उपसभापति समेत हुन् ।
उनीहरुले मागी विवाह गरेको बताइएको छ । केही दिनअघि यी दुईजनाले सुनसरी जिल्ला अदालतमा कोर्ट म्यारिज समेत गरिसकेका छन् ।
अदालती विवाहपछि मन्दिरमा धार्मिक विधिअनुसार पूजा गरेका हुन्।
Leave a Reply