Online Nepal
  • शुक्रबार, ३० कार्तिक २०८१
  • स्वास्थ्य मन्त्रालयले भन्यो – एम्पक्स संक्रमणको जोखिम छ, सतर्कता अपनाउनू

    स्वास्थ्य मन्त्रालयले भन्यो – एम्पक्स संक्रमणको जोखिम छ, सतर्कता अपनाउनू

    अनलाइन नेपाल
  • आइतबार, २ भाद्र २०८१
  • 1K
    SHARES

    काठमाडौं । सरकारले नेपाल पनि मंकिपक्स (एम्पक्स) संक्रमणको जोखिममा रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

    आइतबार एक विज्ञप्तिमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एम्पक्स संक्रमणविरुद्ध पूर्वतयारी थालिसकेको जानकारी दिँदै सो अनुरोध गरेको हो । मन्त्रालयका अनुसार, हवाई तथा जमिनका नाकाहरूमा रहेका हेल्थ डेस्क स्थापना गरिएको छ ।



    ‘सरुवा रोगको निगरानी सर्विलेन्स गर्ने तीनै तहका निकायहरूलाई सतर्क गराइसकेको र सबै प्रदेशमा यस रोगको निदान तथा व्यवस्थापनका लागि अस्पताल र चिकित्सक तोकिसकेको जानकारी गराउन चाहन्छौँ,’ मन्त्रालयले भनेको छ ।



    मन्त्रालयबाट पूर्वतयारी प्रतिकार्य र व्यवस्थापन भए पनि आमनागरिकबाट जनस्वास्थ्यका मापदण्ड पालना भए मात्र मंकिपक्सको रोकथाम र नियन्त्रणका लागि सम्भव हुने भएकाले सबैलाई जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार