Online Nepal
  • शनिबार, १२ असोज २०८१
  • मनमोहनपछि नेपालमा केपी ओलीले कम्युनिष्ट चिनाएको मन्त्री गुरुङको दाबी

    मनमोहनपछि नेपालमा केपी ओलीले कम्युनिष्ट चिनाएको मन्त्री गुरुङको दाबी

    अनलाइन नेपाल
  • आइतबार, २ भाद्र २०८१
  • 642
    SHARES

    काठमाडौं । नेकपा एमालेका उपमहासचिव एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालमा मनमोहन अधिकारीपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट चिनाएको दाबी गरेका छन् ।

    नेकपा एमाले बिगु गाउँपालिका–काठमाडौं सम्पर्क मञ्च (दोलखा) को तेस्रो सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।



    उनले २०५१ सालमा मनमोहन अधिकारीले नेतृत्व गरेको नमूना सरकार तथा २०७२ साल र त्यसयता एमालेका अध्यक्ष केपी शर्मा ओलीले फरक–फरक समयमा नेतृत्व गरेको सरकारले नेपालमा कम्युनिष्ट चिनाउनाका साथै कम्युनिष्टले राम्रो काम गर्छन् भनेर देखाउन सकेको बताए ।



    तर, कम्युनिष्ट पार्टी (एमाले) बाटै प्रधानमन्त्री बनेका माधव कुमार नेपाल र झलनाथ खनाल नेतृत्वको सरकारले कुनै सम्झनलायक काम नगरेको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार