Online Nepal
  • आइतबार, ३० भाद्र २०८१
  • सरकारमा जान हतारो छैन, जनताका बीचमा रहेर खबरदारी गर्छौँ : वर्षमान पुन

    सरकारमा जान हतारो छैन, जनताका बीचमा रहेर खबरदारी गर्छौँ : वर्षमान पुन

    अनलाइन नेपाल
  • आइतबार, २ भाद्र २०८१
  • 384
    SHARES

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले आफूहरूलाई सरकारमा जान हतारो नभएको बताएका छन् ।

    पार्टीसम्बद्ध विद्यार्थी संगठन अखिल क्रान्तकारी प्युठानको जिल्ला सम्मेलनमा आइतबार उनले यस्तो बताएका हुन् ।



    उनले वर्तमान सरकारले भ्रष्टाचारी र राज्यदोहनमा संलग्नलाई संरक्षण गर्ने नीति लिएको आरोप लगाए ।



    उनले भ्रष्टाचारीलाई संरक्षण गरिए संसद् र जनताका बीचमा रहेर खबरदारी गर्ने बताए ।

    अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको तत्कालीन सरकारले सुशासनका पक्षमा तथा भ्रष्टाचार र राज्यदोहनविरुद्ध कठोर कदम चालेपछि आत्तिएकाले रातारात सरकार ढालेको उनको भनाइ थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार