Online Nepal
  • बुधबार, २ असोज २०८१
  • विपद्‌बाट हालसम्म १८२ जनाको मृत्यु, ५० वेपत्ता

    विपद्‌बाट हालसम्म १८२ जनाको मृत्यु, ५० वेपत्ता

    अनलाइन नेपाल
  • आइतबार, २ भाद्र २०८१
  • 345
    SHARES

    काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी आइतबार दिउँसोसम्म १ सय ८२ जनाको मृत्यु भएको छ ।

    बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २७ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ३२ जना, गण्डकी प्रदेशमा ५५ जना, लुम्बिनी प्रदेशमा ३६ जना, कर्णाली प्रदेशमा १० जना र सुदूरपश्चिम प्रदेशमा ११ जना गरी जम्मा १ सय ८२ जनाको मृत्यु भएको हो । 



    साथै काठमाडौं उपत्यकामा ११ जना, कोशी प्रदेशमा ३८ जना, मधेश प्रदेशमा १२ जना, बागमती प्रदेशमा २३ जना, गण्डकी प्रदेशमा ४६ जना, लुम्बिनी प्रदेशमा १८ जना, कर्णाली प्रदेशमा ५७ जना र सुदूरपश्‍चिम प्रदेशमा २८ जना गरी जम्मा २ सय ३३ जना घाइते भएका छन् ।



    घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । साथै काठमाडौं उपत्यकामा २८ जना, कोशी प्रदेशमा ४९ जना, बागमती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा १४ जना, लुम्बिनी प्रदेशमा ३ जना, कर्णाली प्रदेशमा २ जना र सुदूरपश्‍चिम प्रदेशमा ५ जना गरी जम्मा १ सय १३ जनाको उद्दार गरिएको छ ।

    बाढी पहिरोमा परी कोशी प्रदेशमा ३ जना, मधेश प्रदेशमा १ जना, बागमती प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा २ जना, लुम्बिनी प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्‍चिम प्रदेशमा १ जना गरी ५० जना वेपत्ता भएका छन् । वेपत्ताको खोजी कार्य जारी छ । 

    बाढीको कारण जम्मा ३ सय ८४ घर डुबानमा परेका छन् । ३ सय २१ वटा घर, १ सय ११ वटा गोठ, ५१ वटा पुल, ४ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ ।

    ८ सय ३८ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्‍का घटनाबाट ४ हजार ७ सय ८७ घर परिवार विस्थापित भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार