Online Nepal
  • आइतबार, २० असोज २०८१
  • फिल्म ‘१२ गाउँ’ को टिजर सार्वजनिक

    फिल्म ‘१२ गाउँ’ को टिजर सार्वजनिक

    अनलाइन नेपाल
  • आइतबार, २ भाद्र २०८१
  • 294
    SHARES

    काठमाडौं । अभिनेता विराज भट्टको निर्माण तथा निर्देशन रहेको फिल्म ‘१२ गाउँ’ को टिजर सार्वजनिक भएको छ।

    दशैंको फूलपातिबाट प्रदर्शनको तयारीमा रहेको फिल्मले टिजर रिलिज गरिएको हो ।



    १ मिनेट २१ सेकेन्ड लामो टिजरमा डेव्यु अभिनेता समीर भट्टलाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ ।



    टिजरबाट फिल्म बदलाको कथामा बनेको बुझ्न सकिन्छ । गाउँको पृष्ठभूमिमा कथा भनिएको फिल्मको टिजरमा फिल्मका सबै कलाकारले प्रथमिकता पाएका छन्।

    फिल्मबाट समीर भट्टले अभिनेताको रुपमा डेब्यु गर्दैछन् । समीर अभिनेता बिराज भट्टका छोरा हुन् ।

    फिल्मबाट दुई पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि अभिनेत्रीको रुपमा डेव्यु गरेका छन् ।

    विराज, समीर, न्यान्सी र सनिशाका अलवा मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुनजंग शाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय फिल्ममा रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार