Online Nepal
  • बुधबार, ३० असोज २०८१
  • एमाले लुम्बिनी संसदीय दलको नेतामा आचार्य चयन

    एमाले लुम्बिनी संसदीय दलको नेतामा आचार्य चयन

    अनलाइन नेपाल
  • शनिबार, १ भाद्र २०८१
  • 312
    SHARES

    बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलको नेतामा मुख्यमन्त्री चेतनारायण आचार्य चयन भएका छन्।

    शनिबार बुटवलमा बसेको एमाले संसदीय दलको बैठकले आचार्यलाई दलको नेता चयन गरेको हो।



    एमाले लुम्बिनी प्रदेश इन्चार्ज पद्‌मा अर्यालले दलका नेता तथा पूर्वमुख्यमन्त्री लीला गिरीले दिएको राजीनामा स्वीकृत भएको जानकारी गराएपछि मुख्यमन्त्री आचार्यलाई दलको नेता चयन गरिएको छ।



    दलको नेतालाई रोकेर उपनेता आचार्यलाई पार्टीले मुख्यमन्त्रीमा अघि सारेपछि नेता गिरीले राजीनामा दिएका थिए। त्यस्तै उपनेतामा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ चयन भएका छन्।

    त्यस्तै प्रमुख सचेतकमा रुपन्देहीका तुलसी चौधरी र सचेतकमा रोल्पाकी यमुना रोकालाई चयन गरिएको छ । शनिबारको संसदीय दलको बैठकमा गिरी उपस्थित थिएनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार