Online Nepal
  • बुधबार, २ असोज २०८१
  • इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडको विजयी सुरुवात

    इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडको विजयी सुरुवात

    अनलाइन नेपाल
  • शनिबार, १ भाद्र २०८१
  • 489
    SHARES

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले विजयी सुरुवात गरेको छ ।

    गएराति देखि शुरु भएको नयाँ सिजनमा युनाइटेडले विजयी सुरुवात गरेको हो । घरेलु मैदान ओल्ड ट्राफोर्डमा गएराति भएको खेलमा युनाइटेडले फुलहमलाई १–० गोलले हरायो ।



    हालै युनाइटेडमा आबद्ध भएका नेदरल्यान्ड्सका फरवार्ड जोशुआ जिर्कजीले एक गोल गरे । जितसँगै उसले तीन अङ्क जोडेको छ । प्रिमियर लिगमा युनाइटेड २० पटकको च्याम्पियन टोली हो ।



    यसपटक प्रिमियर लिगमा बढुवा भएका लेस्टर सिटी, इपस्विप टाउन र साउथह्याम्पटनसहित २० टोली सहभागी छन् । नयाँ सिजनको प्रिमियर लिग सन् २०२५ को मे २५ तारिखसम्म चल्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार