Online Nepal
  • मंगलबार, २३ पुष २०८१
  • दूधकोसी आसपासका स्थानीयलाई उच्च सतर्कता अपनाउन आग्रह

    दूधकोसी आसपासका स्थानीयलाई उच्च सतर्कता अपनाउन आग्रह

    अनलाइन नेपाल
  • शुक्रबार, ३२ साउन २०८१
  • 429
    SHARES

    खोटाङ । जिल्ला प्रशासन कार्यालय खोटाङले दूधकोसी आसपासका स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५, नाम्चेको थामेमा आजदेखि भीषण बाढी आएपछि सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको हो ।

    “दूधकोसीको शीरमा रहेको ताल फुटेको भन्ने प्रारम्भिक सूचना प्राप्त भएको छ,” जिल्ला प्रशासन कार्यालय खोटाङका प्रशासकीय अधिकृत शिवकुमार राईले शुक्रबार साँझ जारी गरेको सूचनामा भनिएको छ, “दूधकोसी किनारमा बसोबास गर्ने र अन्य कार्य गर्ने नागरिक सतर्क रहन अनुरोध छ ।”



    बाढीले सोलुखुम्बुस्थित खोला किनारमा रहेको थामे गाउँको दर्जन बढी घर, विद्यालय भवन तथा स्वास्थ्य चौकी बगाएको प्रत्यक्षदर्शीले बताएका छन् । थामेखोलाको बाढी क्रमशः भोटेकोसी हुँदै दूधकोसीतर्फ झर्दै गरेको स्थानीय बासिन्दाले बताएका छन् ।



    बाढीले खोटाङ र ओखलढुंगाको कोसी किनारमा बसोबास गर्ने स्थानीय बासिन्दा जोखिम परेका छन् । दूधकोसीमा बाढी आउन लागेपछि खोटाङको जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, हलेसी तुवाचुङ नगरपालिका, ऐसेलुखर्क गाउँपालिका र रावाबेँसी गाउँपालिकाले नदी आसपासमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार