Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • गठ्ठाघर दुर्घटना

    ट्राफिक प्रहरीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न गृहमन्त्री लेखकको निर्देशन

    ट्राफिक प्रहरीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न गृहमन्त्री लेखकको निर्देशन

    अनलाइन नेपाल
  • शुक्रबार, ३२ साउन २०८१
  • 1.6K
    SHARES

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले भक्तपुरको गठ्ठाघरमा भएको सवारी दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्न निर्देशन दिएका छन् ।

    गृहमन्त्री लेखकले आज प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरलाई उक्त निर्देशन दिएका हुन्। गृहमन्त्री लेखकको निर्देशनपछि प्रहरीले घटनास्थलको सिसिटिभी फुटेज सार्वजनिक गरेको छ ।



    गृहमन्त्री लेखकले ट्राफिक प्रहरीमाथि आक्रमण गर्नेलाई पनि कारबाही गर्न निर्देशन दिएका छन् ।



    उनले घट्नामा ट्राफिक प्रहरीमाथि आक्रमण गर्ने, ड्युटीमा खटिएका ट्राफिक प्रहरीको पोशाक च्यातेर हातपात गर्नेलाई तत्काल पक्राउ गरि कारबाही गर्न निर्देशा दिएका छन् ।

    बिहीबार दिउँसो भक्तपुरको गठ्ठाघर चोक नजिकै ना. ६ ख. २१७३ नम्बरको ट्रकले बा. ३९ प. ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ओखलढुङ्गा चिशंखुगढी गाउँपालिका‐४ छहरे स्थायी घर भई हाल काठमाडौं कपनमा बस्दै आएका ६५ वर्षीय उत्तम कोइरालाको मृत्यु भएको थियो ।

    घटनास्थलबाट फरार भएका ट्रक चालक सर्लाही मलङ्गवा नगरपालिका‐२ बस्ने ३२ वर्षीय सतेन्द्र श्रेष्ठलाई बिहीबार साँझ काठमाडौंको नयाँ बानेश्वर वृत्त तीनकुनेले पक्राउ गरी प्रहरी वृत्त ठिमीको जिम्मा लगाएको छ ।

    त्यस्तै, गृहमन्त्री लेखकको निर्देशनमा प्रहरीलेगठ्ठाघर घटनाको छानबिन गर्न शुक्रबार छानबिन समिति गठन गरेको छ।

    काठमाडौं उपत्यका प्रहरी कार्यालयका एसपी प्रदीप केसीको नेतृत्वमा छानबिन समिति बनेको र सो समितिले शुक्रबार बिहानैदेखि काम थालेको छ ।

    प्रहरीले घटनाबारे छिट्टै सत्यतथ्य पत्ता लगाएर दोषीमाथि कारबाही हुने प्रतिबद्धता जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार