Online Nepal
  • आइतबार, ६ असोज २०८१
  • महिला भलिबल खेलाडीलाई जनही तीन लाख दिने सरकारको निर्णय

    महिला भलिबल खेलाडीलाई जनही तीन लाख दिने सरकारको निर्णय

    अनलाइन नेपाल
  • शुक्रबार, ३२ साउन २०८१
  • 270
    SHARES

    काठमाडौं । सरकारले काभा महिला नेसन्स लिग भलिबल प्रतियोगितामा उपविजेता बन्न सफल राष्ट्रिय महिला टोलीका खेलाडीलाई जनही तीन लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरेको छ ।

    साउन ३१ गते बिहीबार बसेको मन्त्री परिषद्को वैठकले टोलीका १४ जना खेलाडीलाई जनही तीन लाख पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।



    सरकारले मुख्य प्रशिक्षकलाई दुई लाख तथा सहायक प्रशिक्षक, ब्यवस्थापक र फिजियोलाई जनही एक लाख २० हजार रुपैयाँ दिने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङले बताए ।



    साउन १७ गते देखि २३ गतेसम्म भएको प्रतियोगिताको लिग चरणमा नेपालले श्रीलङ्काका, माल्दिभ्स र भारतलाई पराजित गरेको थियो ।

    यस्तै सेमिफाइनलमा इरानलाई हराएको नेपाल फाइनलमा भारतसँग ३–२ ले पराजित भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार