सोलुखुम्बु । सोलुखुम्बुस्थित दूधकोशी नदीमा आज दिउँसो भीषण बाढी आएको छ ।
जिल्लाको पासाङ ल्यहामु गाउँपालिका-५ मा पर्ने खुम्बु थामे क्षेत्रमा हिमपोखरी फुटेर भीषण बाढी आएको हो।
माथिल्लो भेगमा रहेको हितताल फुटेको हुनसक्ने प्रहरीको आशंका छ ।
दूधकोशीको बाढी खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामेनजिकै पुगेको छ।
यो बाढीले खुम्बु पासाङल्हामु गाउँपालिका-५ स्थित थामे गाउँमा ठूलो क्षति पुगेको छ।
खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरिङ शेर्पाले खुम्बुकै थामे क्षेत्रमा हिमपोखरी फुटेको आशंका गरेका छन्।
Leave a Reply