Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • अनवरत गुणस्तरीय सेवामा एनआईसी एशिया बैंक

    अनवरत गुणस्तरीय सेवामा एनआईसी एशिया बैंक

    अनलाइन नेपाल
  • शुक्रबार, ३२ साउन २०८१
  • 213
    SHARES

    काठमाडौं । एनआईसी एशिया बैंकले देशका झण्डै २५ प्रतिशत जनतालाई सेवा दिइरहेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनताले एनआईसीबाट सेवा लिइरहेका छन् ।

    वि.सं. २०५५ साउन ५ गते अर्थात १९९८ जुलाई २१, मंगलबारका दिन एनआईसी बैंकको नामबाट स्थापना भएको बैंक २०७० साल असार १६ गते बैंक अफ एशिया नेपाल लिमिटेडसँग मर्जर भएपछि एनआइसी एशिया बैंक बन्यो ।



    २७ वर्षअघि तत्कालीन अवस्थामा बिराटनगरको एउटा शाखाबाट सुरु भएको एनआईसी बैंक अहिले नेपालको निजी स्तरको नम्बर १ बैंक बन्न सफल भएको छ ।



    २७ वर्षको अवधिमा डिजिटल फष्ट बैंक बन्ने अभिप्रायले अग्रसर एनआईसीको मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटिएम, ११८ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहित शाखा सञ्जालबाट लाखौं ग्राहक महानुभावहरुमाझ गतिशील बैंकिङ्ग पार्टनरको रुपमा जोडिएको छ ।

    वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी निर्वाध रुपमा बैंकिङ्ग सेवा देशको कुना कुनामा पु¥याउन सफल एनआईसी एशिया बैंक २७ वर्षमा नेपालीको मन मस्तिष्कमा बस्न सफल भएको छ ।

    स्थापना कालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल २६ अर्ब ५९ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको एनआईसीले अर्थिक वर्ष २०८०/८१ मा मात्रै २ अर्ब ८९ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाई समग्र देशको आर्थिक विकासमा एक असल साझेदारको रुपमा स्थापित हुन सफल भएको छ ।

    सम्पूर्ण सरोकारवालाहरूको पहिलो रोजाईको बैंक बन्ने दृढ संकल्पका साथ शुरू भएको एनआईसीको अतुलनीय यात्रा यहाँसम्म आइपुग्दा देशकै सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बनेको छ ।

    ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ मूल नाराका साथ उत्तरदायी बैंकिङको अभ्यास गर्दैआएको एनआईसी एशिया बैंक डिजिटल प्लेटफर्ममा पनि बैंक सबैभन्दा लोकप्रिय बन्दै गएको छ ।

    स्थापनाको ९ वर्षमै एनआईसी बाणिज्य बैंकहरुमा सबैभन्दा पहिला ‘आई. एस. ओ. ९००१ः२००८’ सर्टिफिकेशन प्राप्त गर्न सफल भएको थियो ।

    त्यसैगरी स्थापना भएको १० वर्षमा बेलायतको ‘द फाइनान्सियल्स टाइम्स’ले दिने ‘बैंक अफ दि इयर २००७’ अवार्ड प्राप्त गर्न सफल एनआईसीले सन् २००७ मा नेपालमै पहिलो पटक बैंकिङ च्यानलमार्फत विदेशबाट सुनचाँदी आयात गरी बिक्री वितरण गर्ने प्रणालीको थालनी गरेको थियो ।

    सन् २००८ देखि डोमेस्टिक रेमिट्यान्स सेवा शुरु गरेको बैंक सन् २००९ मा पुनः आईएसओः ९००१:२००८ बाट सम्मानित भयो । यसै वर्षबाट बैंकले भिसा डेभिड कार्ड, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, पीएसटीएल बिल पेमेन्ट र युटिलिटी बिल पेमेन्ट पनि शुरु गरेको थियो ।

    सामाजिक सेवामा समेत उत्तिकै सक्रिय बैंकले २०७२ सालको भूकम्पपछि सिन्धुपाल्चोकका ३२२ माझी परिवारलाई ५३ वटा भूकम्प प्रतिरोधी घर, सामुदायिक भवन, बाल पार्क, सडक जस्ता पूर्वाधार निर्माण गरी एकीकृत नमूना माझी बस्ती बनाउन आर्थिक सहयोग गरेको थियो ।

    त्यसैगरी २०७७ मा लकडाउनका कारण रोजगारी गुमाएका र यसको प्रभावमा परेका वर्गलाई प्रत्यक्ष सहयोग गर्न विभिन्न संस्थासँगको सहकार्यमा खाद्यवस्तु तथा अक्सिजन कन्सेन्ट्रेटर मेसिन, मास्क, सेनिटाइजर, पीपी अक्सिजन सिलिण्डर, औषधीजन्य सामग्री जस्ता सुरक्षासामग्री वितरण गरेको थियो ।

    विभिन्न क्षेत्रका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आइरहेको बैंकले नेपाली सेनासँगको सहकार्यमा स्वास्थ्य शिविर समेत सञ्चालन गर्दै आइरहेको छ । सन् २०१९ मा आएको कोभिडका बेला समेत ग्राहकलाई निरन्तर सेवा दिइरहेको बैंकले बेष्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (बीपीए) अवार्डसमेत हात पार्न सफल भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार