Online Nepal
  • मंगलबार, ८ असोज २०८१
  • अख्तियारलाई निजी क्षेत्रमा प्रवेश गर्न दिनुहुँदैन : शेखर कोइराला

    अख्तियारलाई निजी क्षेत्रमा प्रवेश गर्न दिनुहुँदैन : शेखर कोइराला

    अनलाइन नेपाल
  • शुक्रबार, ३२ साउन २०८१
  • 234
    SHARES

    मोरङ ।नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निजी क्षेत्रको क्षेत्राअधिकार दिन नहुने बताएका छन्।

    मोरङको बुढीगंगा गाउँपालिका-७ डंग्राहामा आयोजित स्वास्थ्य शिविर कार्यक्रममा बोल्दै नेता कोइरालाले यस्तो बताएका हुन्।



    नेता कोइरालाले अख्तियारलाई बढी शक्तिशाली बनाउने नाममा निजी क्षेत्रको क्षेत्राधिकार दिन नहुने जिकिर गरे।



    भ्रष्टाचार छानबिनमा हदम्याद तोक्न नहुने नेता कोइरालाको भनाई छ । उनले सर्वसहमतिमा नै संविधान संशोधन गर्नुपर्ने बताए।

    नेता कोइरालाले कांग्रेस–एमालेको करिब दुई तिहाइ बहुमत रहेपनि सबैको सहमतिमा नै संविधान संशोधन गर्नुपर्ने बताए।

    संविधान संशोधनका लागि जनमत संग्रह जस्तो जटिल प्रक्रियामा जानुको सट्टा संसदीय विशेष समिति वा आयोग बनाएर गर्न सकिने उनले बताए ।

    नेता कोइरालाले दुई दलमात्रै मिलेर संविधान संशोधन गर्न खोजे अवस्था झन जटिल हुने उल्लेख गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार