Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • अफगानिस्तानमा १४ लाख महिला शिक्षाबाट वञ्चित

    अफगानिस्तानमा १४ लाख महिला शिक्षाबाट वञ्चित

    अनलाइन नेपाल
  • शुक्रबार, ३२ साउन २०८१
  • 375
    SHARES

    एजेन्सी । अफगानिस्तानमा तालिबान सरकारले १४ लाख महिलालाई शिक्षामा प्रतिबन्ध लगाएको बताइएको छ ।

    संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) का अनुसार महिलाको माध्यमिक र उच्च शिक्षामा प्रतिबन्ध लगाउने विश्वको एक मात्र देश अफगानिस्तानमा १४ लाख महिला शिक्षाबाट वञ्चित भएका हुन् ।



    यो सङ्ख्या सन् २०२३ को तथ्याङ्कभन्दा तीन लाखले बढी रहेको बताइएको छ ।



    सन् २०२१ मा सत्ता नियन्त्रणमा लिएपछि तालिबानले इस्लामिक कानूनको उल्लङ्घन भएको भन्दै छैटौँ कक्षाभन्दा माथिका महिलाको शिक्षामा रोक लगाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार