Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • ट्रकको ठक्करबाट महिलाको मृत्यु भएपछि गठ्ठाघर तनावग्रस्त, प्रहरीले हान्यो अश्रुग्यास

    ट्रकको ठक्करबाट महिलाको मृत्यु भएपछि गठ्ठाघर तनावग्रस्त, प्रहरीले हान्यो अश्रुग्यास

    अनलाइन नेपाल
  • बिहिबार, ३१ साउन २०८१
  • 843
    SHARES

    भक्तपुर । गठ्ठाघरमा प्रदर्शनमा उत्रिएकाहरूमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ।

    ट्रकको ठक्करले स्कुटर चालकको मृत्यु भएपछि उत्पन्न तनावपछि भक्तपुरको गठ्ठाघरमा प्रहरीले अश्रुग्यास हानेको हो।



    आज दिउँसो ट्राफिक प्रहरीको चेकिङमा रोकिएको बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।



    त्यसपछि स्थानीय बासिन्दाहरुले प्रदर्शन गरेका हुन्। उनीहरुले ट्रक चालकलाई कारबाही गर्न माग गरेका छन् ।

    प्रदर्शनकारीले सडकको बीचमा रहेको ट्राफिक आइल्याण्ड पनि भत्काइदिएका छन् । प्रहरीले स्कुटर चालकको शव उठाएर त्रिवि शिक्षण अस्पताल लगेपछि तनावको स्थिति सिर्जना भएको थियो।

    प्रदर्शनकारी आक्रामक भएपछि भीड नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास हानेको छ । दुर्घटनामा मृत्यु भएको महिलाको नामथर र ठेगाना खुलेको छैन ।

    उनलाई ट्रकको चक्काले चेपेको थियो । ट्रक चालक फरार रहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार