Online Nepal
  • आइतबार, २० असोज २०८१
  • माधव नेपालको प्रश्न – देशमा दुई दलीय शासन ल्याउन खोजेको हो ?

    माधव नेपालको प्रश्न – देशमा दुई दलीय शासन ल्याउन खोजेको हो ?

    अनलाइन नेपाल
  • बुधबार, ३० साउन २०८१
  • 351
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दुई दलीय व्यवस्था ल्याउन नदिने बताएका छन्।

    संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि संसदमा भइरहेको छलफलमा सहभागी हुँदै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।



    उनले दुई दलीय व्यवस्था नेपाली जनताका लागि स्वीकार्य नहुने बताए ।



    अध्यक्ष नेपालले भने, ‘प्रधानमन्त्रीले के कुरा ल्याउनुभयो भनेदेखि अहिले त हामीले संविधान संशोधन गर्न खोजिरहेका छौँ । क्या मिठा कुरा छ । अनि मध्यरातमा हस्ताक्षर गर्ने हो ? दुई दलीय शासन ल्याउन खोजेको हो ? दुई दलीय शासन नेपालमा आउन सक्दैन । हामी आउन दिँदैनौँ ख्याल गर्नुस्, दुई दलीय शासनको कुराले देशलाई नोक्सान पुर्‍याउँछ । कोही सहनेवाला छैनन् ।’

    उनले संविधान संशोधनमार्फत देशमा दुई दलीय व्यवस्था ल्याउन खोजिएको भन्दै दुई दलीय शासनको कुराले देशलाई नोक्सान पुर्‍याउने दाबी गरे ।

    बंगलादेशको घटनाले सबैलाई सचेत बनाएको भन्दै कुनै किसिमको तानाशाही नेपालमा चल्न नसक्ने अध्यक्ष नेपालको भनाइ छ ।

    उनले नेपाली जनतालाई प्रतिगमन र अधिनायकवाद स्वीकार्य नभएको स्पष्ट पारे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार