Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • चीनलाई गोप्य दस्तावेज बेचेको आरोपमा अमेरिकी सैनिक दोषी ठहर

    चीनलाई गोप्य दस्तावेज बेचेको आरोपमा अमेरिकी सैनिक दोषी ठहर

    अनलाइन नेपाल
  • बुधबार, ३० साउन २०८१
  • 795
    SHARES

    एजेन्सी । चीनलाई गोप्य दस्तावेज बेचेको अभियोगमा अमेरिकी सैनिक दोषी ठहर भएका छन् ।

    अमेरिकी सेनाका एक जना विश्लेषकले सेनाका गोप्य दस्तावेजहरू चीनलाई बेच्ने षडयन्त्र गरेको अभियोगमा दोषी ठहर भएका हुन् ।



    अमेरिकी न्याय मन्त्रालयका अनुसार दर्जनौँ संवेदनशील सुरक्षा रेकर्ड दिएबापत ४२ हजार डलर भुक्तानी लिएको आरोपमा सर्जेन्ट कोर्बियन शोल्जलाई मार्चमा एफबीआई र अमेरिकी सेनाको काउन्टर इन्टेलिजेन्सले पक्राउ गरेको थियो ।



    यो षडयन्त्र सन् २०२२ को जुनमा सुरु भएको र पक्राउ नपर्दासम्म जारी रहेको अधिकारीहरूले बताएका थिए । उनको सजाय भने जनवरीमा तय हुने बताइएको छ ।

    हङकङमा बसिरहेका एक व्यक्तिसँग मिलेर शोल्जले संवेदनशील डेटा चोरीको षडयन्त्र रचेका थिए । ती व्यक्तिले उनलाई मिसाइल रक्षा र मोबाइल आर्टिलरी सिष्टम आदिसम्बन्धी संवेदनशील डेटा जम्मा पार्न भनेका थिए ।

    उनले युक्रेनमा रुसी युद्धबाट सिकेको आधारमा अमेरिकी लडाकु विमान, सेनाको ट्याक्टिस र ताइवानका लागि अमेरिकी सेनाको रणनीति आदिसम्बन्धी डेटा बटुलेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार