Online Nepal
  • आइतबार, २० असोज २०८१
  • रौतहटको गौरस्थित खेतमा मृत फेला परे वृद्ध

    रौतहटको गौरस्थित खेतमा मृत फेला परे वृद्ध

    अनलाइन नेपाल
  • बुधबार, ३० साउन २०८१
  • 228
    SHARES

    फाइल तस्विर

    रौतहट । रौतहट गौर नगरपालिकाको कोइरी टोलस्थित खेतमा एक जना वृद्ध मृत फेला परेका छन्।

    गौर नगरपालिका-५ कोइरी टोलस्थित खेतमा ७४ वर्षीय अनिरूद्ध महतोको शव फेला परेको हो ।



    जिल्ला प्रहरी कार्यालय रौतहटकाअनुसार मृतक महतोको हात र पेटमा चोट देखिएको छ। घटनास्थलबाट कुनै हतियार भने फेला परेको छैन।



    मृतक सोही खेतनजिकै रहेको एक पक्की गोठमा बस्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

    प्रहरीको प्रारम्भिक अनुसन्धानबाट मृतक लागूऔषध सेवनकर्ता र कारोबारमा समेत संलग्न भएको हुन सक्ने देखिएको छ।

    मृतकको शरीरबाट प्लास्टिकका साना पोकामा गाँजा फेला परेको छ।

    उनी सुत्ने कोठामा पनि गाँजाका पोका फेला परेको प्रहरीले जनाएको छ। यद्यपि उक्त गाँजा कति मात्रामा रहेको भन्ने खुलिसकेको छैन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार