Online Nepal
  • आइतबार, २० असोज २०८१
  • ‘छक्कापञ्जा ५’ को पहिलो गीत बिहे भाको छैन सार्वजनिक

    ‘छक्कापञ्जा ५’ को पहिलो गीत बिहे भाको छैन सार्वजनिक

    अनलाइन नेपाल
  • मंगलबार, २९ साउन २०८१
  • 867
    SHARES

    काठमाडौं । प्रतीक्षित फिल्म ‘छक्कापञ्जा ५’को गीत ‘बिहे भाको छैन’ सार्वजनिक भएको छ ।

    आइतबार ओएसआर युट्यव च्यानलबाट रोमान्टिक गीत सार्वजनिक भएको हो।



    दीपक शर्माद्वारा संगीतबद्ध डान्सिङ ट्रयाकमा सविन सुवेदी र बेनिशा पौडेलको स्वर समावेश छ ।



    गीतमा फिल्मका दुई शीर्ष कलाकार दीपकराज गिरी र वर्षा सिवाकोटी फिचर्ड छन् ।

    नृत्य निर्देशक सुनिल क्षेत्रीले कलाकार र गीतको मुडअनुसार भिन्न सेट र कथानुसारको कम्पोज गरेका छन् ।

    गीतको सुरु र अन्त्यमा अर्का मुख्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’को न्यारेसन समावेश छ ।

    यो फिल्म दसैं फूलपातिको छेकोमा असोज २४ मा रिलिज हुँदैछ । दीपाश्री निरौला निर्देशित फिल्म आमा सरस्वती मूभिज र आइएमइको ब्यानरमा निर्माण भएको हो ।

    माग्ने बुढा र निर्मल शर्मा कार्यकारी निर्माताको रुपमा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार