Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • मकवानपुरमा श्रीमानले गरे श्रीमतीको हत्या

    मकवानपुरमा श्रीमानले गरे श्रीमतीको हत्या

    अनलाइन नेपाल
  • मंगलबार, २९ साउन २०८१
  • 291
    SHARES

    फाइल तस्विर

    मकवानपुर । मकवानपुरको काफलडाँडामा श्रीमानले श्रीमतीको हत्या गरेका छन्।

    कैलाश गाउँपालिका–५ काफलडाँडा निवासी २८ वर्षका मंगलबहादुर पाख्रिनले श्रीमती १८ वर्षीया लक्ष्मी पाख्रिनको बञ्चरो प्रहार गरी हत्या गरेका हुन्।



    आपासी विवाद हुँदा मंगलबहादुरले लक्ष्मीको टाउको र घाँटीमा बञ्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।



    घटनाबारे छिमेकीले थाहा पाएपछि मंगलबहादुरलाई स्थानीयले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय पालुङलाई खबर गरेका थिए।

    प्रहरीले मंगलबहादुरलाई पक्राउ गरी पालुङस्थित प्रहरी हिरासतमा राखेको छ। मंगलबहादुर र लक्ष्मीको १३ महिनाकी छोरी छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार