Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • बेलबारीमा जंगली हात्तीको छावा मृत फेला

    बेलबारीमा जंगली हात्तीको छावा मृत फेला

    अनलाइन नेपाल
  • मंगलबार, २९ साउन २०८१
  • 273
    SHARES

    फाइल तस्विर

    मोरङ । मोरङको बेलबारी–३ करमडाँडास्थित अन्दाजी तीनदेखि चार वर्षको हात्ती मृतावस्थामा भेटिएको छ ।

    स्थानीयवासी अनिता थापा र रेखा थापाको निजी वनमा हात्तीको छावा आज विहान मृत फेला परेको हो ।



    सबडिभिजन वन कार्यालय बेलबारी, इलाका प्रहरी कार्यालय बेलबारी र सशस्त्र प्रहरी बल बेसक्याम्प लक्षीमार्गकोे टोलीले घटनास्थल पुगेर मुचुल्का उठाउन सुरु गरेको डिभिजन वन कार्यालयले जनाएको छ ।



    छावाको मृत्युको कारण भने खुल्न सकेको छैन । सुनसरीस्थित कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा रहेको राष्ट्रिय प्रकृति संरक्षण कोषको टोली पनि घटनास्थलमा आउने क्रममा रहेको जनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार