Online Nepal
  • बिहिबार, ३ माघ २०८१
  • धारिलो हतियार देखाएर लुटपाट गरेको आरोपमा पाँचजना पक्राउ

    धारिलो हतियार देखाएर लुटपाट गरेको आरोपमा पाँचजना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २८ साउन २०८१
  • 786
    SHARES

    कास्की । कास्कीमा धारिलो हतियार देखाएर लुटपाट गरेको आरोपमा पाँचजना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा पोखरा महानगरपालिका-१८ का देवन गुरुङ, आजित रुचाल भन्ने हितमान सार्की, तनहुँको ब्यास नगरपालिका-३ घर भई जिल्ला कास्की पोखरा ५ बस्ने अनिश भट्ट, नारायण प्रसाद बिक र प्रशान्त मान्मा रहेका छन् ।



    आइतबार दिउँसो पोखरा महानगरपालिका-६ लेकसाईडमा एक महिलालाई बाटोमा हिँडिरहेको अवस्थामा १ वटा स्कुटर र १ वटा मोटरसाईकलमा आएका अपरिचित ब्यक्तिहरुले धारिलो हतियार चक्कु देखाई घाँटीमा राखेर दुई तोला बराबरको सुनको सिक्री र नगद १२ हजार लुटपाट गरेका थिए ।

    उनीहरु लेदरको कालो रङको ज्याकेट समेत लुटी फरार भएको भन्ने सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलीले उनीहरुरुलाई पक्राउ गरेको हो ।

    उक्त घटनामा प्रयोग भएको ग ८ प ६९२४ नं को डियो रातो रंगको स्कुटर र ग ११ प ९८२७ को मोटरसाइकलसहित पक्राउ गरी खानतलासी गर्दा उनीहरुको साथबाट सुनको सिक्री बिक्री गरी आएको एक लाख तीन हजार पाच सय बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

    घटना सम्बन्धमा अनुसन्धान गर्दै जाँदा उक्त सुनको सिक्री किन्ने जिल्ला पोखरा महानगरपालिका-४ गणेशटोल बस्ने बिकास सुन चाँदी पसलका संचालक बिक र एस.पि. मान्मा ज्वेलर्सका संचालक प्रशान्त समेतलाई नियन्त्रणमा लिइएको सूचना अधिकारी बसन्त कुमार शर्माले जानकारी दिए ।

    उनीहरुलाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार