Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • स्थानीय तहको उपनिर्वाचन मंसिरमा गर्न प्रधानमन्त्री ओलीलाई आयोगको सुझाव

    स्थानीय तहको उपनिर्वाचन मंसिरमा गर्न प्रधानमन्त्री ओलीलाई आयोगको सुझाव

    अनलाइन नेपाल
  • सोमबार, २८ साउन २०८१
  • 1.1K
    SHARES

    काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहका रिक्त पदहरुको उपनिर्वाचन मंसिरमा गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएको छ ।

    प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित आयुक्तहरुले प्रधानमन्त्री ओलीलाई उक्त सुझाव दिएका हुन् ।



    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा आयोगले कीर्तिपुर नगरपालिकाका प्रमुखसहित ३४ रिक्त पदमा आगामी मंसिर तेस्रो साता निर्वाचन गर्न उपयुुक्त हुने सुझाव दिएको छ ।



    प्रधानमन्त्री ओलीले जाडो समय अगावै हुने गरी निर्वाचनको मिति तय गर्न र निर्वाचनमा मितव्ययिता अपनाउन आग्रह गरे।

    मिति घोषणा अघि आयोगले सम्बन्धित तहमा मतदाता नामावली अद्यावधिकका लागि आव्हान गर्ने आयुक्त थपलियाले बताए ।

    छलफलमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपाल सरकारका मुख्यसचिव लीलादेवी गड्तौलालगायत सहभागी थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार