Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • पक्राउ परेको भोलिपल्टै छुटे पूर्वमन्त्रीसहितका ठूला जुवाडे, दबाब र आर्थिक चलखेलको आशंका

    पक्राउ परेको भोलिपल्टै छुटे पूर्वमन्त्रीसहितका ठूला जुवाडे, दबाब र आर्थिक चलखेलको आशंका

    अनलाइन नेपाल
  • सोमबार, २८ साउन २०८१
  • 849
    SHARES

    काठमाडौं । जुवाखालबाट पक्राउ परेका पूर्वमन्त्रीसहित ११ जना जुवाडे भोलिपल्टै छुटेका छन् । उच्च तहको दबाबका आधारमा प्रहरीले एक दिनमै अनुसन्धान पूरा गरेर छाडेको हो ।

    गत शनिबार प्रहरीले काठमाडौंको गौरीघाटबाट पूर्व मन्त्रीसमेत रहेका कोशी प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारीसहित ११ जनालाई पक्राउ गरेको थियो । पूर्व सामाजिक विकासमन्त्री समेत रहेका एमालेका नेता भण्डारी सोलुखुम्बु ‘ख’ बाट निर्वाचित सांसद हुन् ।



    प्रधानमन्त्री केपी ओलीको सचिवालयबाटै दबाब दिएर उनीसहितका जुवाडेहरु छुटेको स्रोत बताउँछ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की नै भण्डारीलाई छुटाउन लागिपरेको स्रोतको दावी छ ।



    सो जुवाखालबाट एमालेका अन्य नेताहरु समेत पक्राउ परेकाले छुटाउन प्रधानमन्त्रीको सचिवालय नै लागेको थियो । एमालेका सोलुखुम्बु जिल्ला कमिटी सदस्य तथा सोताङ गाउँपालिकाका पूर्वअध्यक्ष बीरबहादुर राई पनि जुवाखालबाटै पक्राउ परेका थिए ।

    त्यस्तै, कलाकार पुरुषोत्तम शर्मा, उत्तमकुमार राई, अनिश तामाङ, ठूला तामाङ, दीपक खड्का, भीमबहादुर साम्बाहाङ्फे, रवि श्रेष्ठ, राजु महत र माधव थापा एक लाख ५० हजार पैसासहित पक्राउ परेका थिए। त्यहाँबाट १६ बुक तास समेत बरामद भएको थियो । जुवा खेलाउने काभ्रेका राजु महत हुन् । उनी पेशेवर जुवाडे हुन् ।

    प्रहरीले आइतबार नै बयान सकाएर उनीहरुको फाइल सरकारी वकिल कार्यालयमा बुझाइएको थियो । सरकारी वकिल कार्यालले आइतबार नै जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरेको थियो । जिल्ला प्रशासनले पनि आइतबार साँझ नै उनीहरुलाई १०–१० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो ।

    प्रहरीले जुवाखालबाट पूर्वमन्त्री समेत बसेको ठाउँमा डेढ लाख मात्र बरामद गर्नुलाई पनि प्रहरीभित्रै अनौठो मानिएको छ । छापा मार्ने क्रममा केही पैसा हिनामिना भएको स्रोत बताउँछ ।

    जुवाडेको साथबाट पैसा बरामद गरिएको छैन । स्रोतका अनुसार यसरी रातारात मुद्दा बुझाउन उनीहरुले गौशला वृत्तका प्रहरीलाई समेत आर्थिक प्रभावमा पारेका थिए । सो वृत्तमा डिएसपी केशव थेवे कार्यरत छन् । उनी आर्थिक मामिलामा कमजोर अधिकृत हुन् ।

    तीन वर्ष अघि महाराजगञ्ज बृत्तले व्यापारी पवित्र कार्कीसहितका हाइ प्रोफाइल जुवाडेहरुलाई पक्राउ गरेको थियो । तर, उनीहरुलाई लामो समयसम्म प्रहरी हिरासतमा राखिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार