Online Nepal
  • बुधबार, ३० असोज २०८१
  • सुदूरपश्चिमका मुख्यमन्त्री शाहले साउन ३० गते विश्वासको मत लिने

    सुदूरपश्चिमका मुख्यमन्त्री शाहले साउन ३० गते विश्वासको मत लिने

    अनलाइन नेपाल
  • सोमबार, २८ साउन २०८१
  • 291
    SHARES

    धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले साउन ३० गते विश्वासको मत लिने भएका छन्।

    मुख्यमन्त्री शाहले प्रदेश सभा सचिवालयलाई पत्र पठाउँदै बुधबार विश्वासको मत प्रयोजनका लागि व्यवस्थापन गरिदिन आग्रह गरेका हुन्।



    कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता रहेका शाह साउन २० गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए।



    मुख्यमन्त्री शाहले बुधबार विश्वासको मत लिनेगरी पत्र पठाएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

    बैठकको समय निर्धारण गर्न भने बाँकी रहेको छ । शाह कांग्रेस–एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार