Online Nepal
  • सोमबार, ५ कार्तिक २०८१
  • कांग्रेस र एमालेसहितका १० दलसँग झुके हर्क साम्पाङ, भयो मूल्यवृद्धि फिर्ताको सहमति !

    कांग्रेस र एमालेसहितका १० दलसँग झुके हर्क साम्पाङ, भयो मूल्यवृद्धि फिर्ताको सहमति !

    अनलाइन नेपाल
  • आइतबार, २७ साउन २०८१
  • 1.6K
    SHARES

    धरान । नेपाली कांग्रेस र नेकपा एमालेसहितका १० दलको आन्दोलनपछि धरान उपमहानगरपालिकामा खानेपानीको महसुस वृद्धि फिर्ता गर्ने सहमति भएको छ ।

    आइतबार मेयर हर्क साम्पाङले दलहरूलाई वार्ताका लागि बोलाइएको बैठकमा सो सहमति भएको हो । मेयर साम्पाङ, १० दलका प्रतिनिधि र वडाध्यक्ष बीच ३ बुँदे सहमति भएको पनि उनले बताए।



    मेयर साम्पाङले खानेपानीको महसुल वृद्धि गरेपछि कांग्रेस, एमाले लगायतका १० दलले कडा आन्दोलन गरेका थिए । सो आन्दोलन चर्किएपछि आइतबार मेयर साम्पाङले दलहरूलाई आज वार्ताका लागि बोलाएका थिए ।



    वार्तामा खानेपानीको महसुल यथावत् राख्ने सहमति भएपछि दलहरूको आन्दोलन स्थगित भएको बताइएको छ ।

    दुई पक्षीय वार्तामा वृद्धि गरिएको खानेपानीको मूल्य वृद्धि फिर्ता लिएर यथावत् राख्ने खानेपानी व्यवस्थापन बोर्डलाई पूर्णता दिन उच्च अदालतको फैसला पर्खने र ७ दिनभित्र खानेपानी व्यवस्थापन बोर्डको हिसाब सार्वजनिक गर्ने सहमति भएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार