Online Nepal
  • शुक्रबार, २५ असोज २०८१
  • कर्णाली राजमार्ग पुनः अवरुद्ध

    कर्णाली राजमार्ग पुनः अवरुद्ध

    अनलाइन नेपाल
  • आइतबार, २७ साउन २०८१
  • 312
    SHARES

    फाइल तस्विर

    कालीकोट । कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ ।

    जुम्ला–सुर्खेतखण्डअन्तर्गत कालीकोटको शुभकालिका गाउँपालिका–१, गगनेखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।



    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पोषण थापाले आइतबार बेलुका पुनः पहिरो खसेर सडक अवरुद्ध भएकाले अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गरिएको बताए ।



    अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको उनले जानकारी दिए ।

    शनिबार कर्णाली राजमार्गको कालीकोटखण्डका विभिन्न ठाउँमा पहिरो खसेर अवरुद्ध बनेको सडक आइतबार बिहानदेखि सञ्चालनमा आएको थियो । मनसुनी वर्षा सुरु भएयता गगनेखोला र एस मोडमा मात्र नौपटक पहिरो खसेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार