Online Nepal
  • आइतबार, ३० भाद्र २०८१
  • सुमेरु सहकारीका सञ्चालकविरुद्ध सिआइबीद्वारा मुद्दा दायर

    सुमेरु सहकारीका सञ्चालकविरुद्ध सिआइबीद्वारा मुद्दा दायर

    अनलाइन नेपाल
  • आइतबार, २७ साउन २०८१
  • 381
    SHARES

    काठमाडौं । सर्वसाधरणको अरबौं ठगी गर्ने सुमेरु बचत तथा ऋण सहकारीका संस्थाका सञ्चालकविरुद्ध काठमाडौं जिल्ला अदालतमा ठगी मुद्दा दायर भएको छ ।

    केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले गरेको अनुसन्धानका आधारमा सरकारी वकिल कार्यालयले शुक्रबार अध्यक्ष भरत महर्जनसहित नौ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।



    जसमध्ये सात जना फरार छन् । सिआइबीले कालिकाटीमा रहेको सुमेरु सहकारीका कोषाध्यक्ष रामकृष्ण अवाले र सदस्य सरोज महर्जनलाई पक्राउ गरेको थियो ।



    कालिमाटीस्थित शाखाका एक सय १२ जना सदस्यले १७ करोड ९९ लाख रुपैयाँ ठगीको जाहेरी दिएका थिए । सोही आधारमा प्रहरीले बिगो कायम गरी मुद्दा दायर गरेको हो ।

    कालिमाटीस्थित सहकारीका अध्यक्ष सचिन महर्जन, उपाध्यक्ष मनिषा महर्जन, सचिव नवीन श्रेष्ठ, कालिमाटी शाखाकी व्यवस्थापन स्वच्छन्दा मानन्धर, सञ्चालकहरु बादल शिल्पाकार, बाबुरत्न महर्जनलाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ ।

    सोही सहकारीका मुख्य सञ्चालक भरत महर्जन भने हाल फरार छन् । उनी बेलायतमा रहेको बताइन्छ । प्रहरीले नै उजुरी रोकेर उनलाई विदेश भाग्न सघाएको थियो ।

    महर्जनले धेरै प्रहरी अधिकारीलाई प्रभावमा पारेका थिए । ललितपुरस्थित मुख्य कार्यालयबाट भएको ठगीमा भने अनुसन्धान हुन सकेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार